+
+
Shares

स्याङ्जामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १५ गते ८:३८

१५ जेठ, पोखरा । स्याङ्जामा थप ३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । वालिङका २६ र २२ वर्षीय पुरुष र ३९ वर्षकी महिलामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

‘उहाँहरु भारतबाट आउनु भएको हो र क्वारेन्टाइनमै छन् । अब सरकारी अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ,’ निर्देशनालयका डा. विनोदविन्दु शर्माले भने ।

यससँगै स्याङजामा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । मंगलबार जिल्लामा पहिलो पटक दुई जनामा कोरोना भाइरस पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?