+
+
Shares

बर्दियाको क्वारेन्टिनमा मृत्यु भएका व्यक्तिमा कोराेना नभएको पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १५ गते १३:१४

१५ जेठ, बर्दिया । क्वारेन्टिइनमै मृत्यु भएका गुलरिया नगरपालिका-९ का ५५ वर्षीय जोक्दी गोडियामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

मंगलबार राति ८ बजे बबई बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिइनमा बसेका उनी बुधबार बिहान अचेत भएपछि उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । तर अस्पताल नपुग्दै उनको मृत्यु भएको थियो ।

मृत्यु भएपछि कोरोनाको आशंकामा स्वाब संकलनका गरी पीसीआर जाँचका लागि पठाइएकोमा रिपोर्ट नेगेटिभ आएको बर्दिया अस्पतालका डाक्टर शुभाष पाण्डेले जानकारी दिए ।

मजदुरीका लागि अछाम गएका जोग्दी १६ जनाको टोलीसहित बर्दिया फर्किएका थिए । उनको समूहका १२ जनालाई बबई र अन्य ४ जनालाई खैरीको विद्यालयमा राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?