+
+
Shares

सोलुखुम्बुमा कसरी पुग्यो कोरोना भाइरस ?

हरि अधिकारी हरि अधिकारी
२०७७ जेठ १५ गते १३:४१

१५ जेठ, विराटनगर । प्रदेश १ को पहाडी जिल्ला सोलुखुम्बमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार सोलुदुधकुण्ड नगरपालिकाका २७ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै प्रदेश १ को ८ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् र प्रदेशभरमा संक्रमितको संख्या १०५ पुगेको छ । संक्रमण पुष्टि भएका युवकलाई कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगर पठाइएको नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले बताए ।

शेर्पाका अनुसार संक्रमण पुष्टि भएका युवक लकडाउन सुरु भएयता घरमा नै बसिरहेका थिए । उनलाई कहाँबाट कसरी कोरोना सर्‍यो भन्ने खुलेको छैन । ‘संक्रमित युवकको ट्राभल हिस्ट्री छैन’ उनले भने ‘लकडाउनअघि छिमेकी पालिकाबाट घर आएर बसेका हुन् बाहिर गएको देखिदैन ।’

उनलाई कसरी संक्रमण भयो भन्ने खोजी भइरहेको मेयर शेर्पाले बताए । ‘दोस्रो पटक नमुना संकलन गर्दा पोजेटिभ देखिएको हो’ उनले भने, ‘परीक्षण गर्दा मानवीय त्रुटी पनि भएको हुनसक्छ ।’

युवकमा कोरोनाको सामान्य लक्षण भने देखिएको उनले बताए । संक्रमित युवकसँगै लक्षण देखिएका अन्य दुई जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

प्रदेश १ को झापामा ५४, उदयपुरमा ३३, धनकुटामा ७, मोरङमा ५, सुनसरीमा ३, सोलुखुम्वु, भोजपुर र खोटाङका १÷१ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये ३० जना उपचार पछि घर फर्किएका छन् ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?