
सशस्त्र प्रहरीको टोलीलाई खादा लगाइदिएर आफ्नो निवासबाट विदाई गर्दै पूर्वगृहमन्त्री जनार्दन शर्मा । तस्वीर : शर्माको सचिवालय
१५ जेठ, काठमाडौं । पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आफ्नो सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीको टोली र गाडी फिर्ता गरेका छन् ।
नेकपा नेतासमेत रहेका प्रभाकरले आफ्नोभन्दा ठूलो राष्ट्र र जनताको सुरक्षा भएकाले बिहीबारबाट गाडीसहित सशस्त्र प्रहरीको टोली फिर्ता गरेको बताए ।
उनको सुरक्षार्थ गृहमन्त्रालयले सई ईश्वर केसीको नेतृत्वमा आठ जनाको टोली खटाएको थियो ।
उनीहरुलाई बिहीबार जावलाखेलस्थित निवासबाट नेता प्रभाकरले खादा लगाइदिएर विदाई गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4