
१५ जेठ, काठमाडौं । सरकारले विदेशी नागरिकलाई श्रम स्वीकृति नलिई नेपालमा काम गर्न नदिने भएको छ ।
कानुनी व्यवस्था भए पनि कडाई नभएको भन्दै सरकारले आगामी आर्थिक वर्षमा यो व्यवस्थालाई कडा रूपमा लागू गरिने बताएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्ष २०७७/७८को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत थप दुई लाख रोजगारी सिर्जना गर्नेगरी ११ अर्ब ६० करोड बजेट विनियोजन गरिएको छ। सरकारले विभिन्न सिप विकासका लागि ५ अर्बभन्दा बढी खर्च गर्ने घोषणा पनि गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4