+
+
Shares

मध्यपहाडी लोकमार्गले पायो ८ अर्ब २७ करोड बजेट

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १५ गते १७:५४

१५ जेठ, काठमाडौं । सरकारले ३ वर्षभित्र निर्माण सक्ने गरी पुष्पलाल मध्यपहाडी लोकमार्गका लागि आगामी आर्थिक वर्ष ०७७/०७८ मा ८ अर्ब २७ करोड बजेट छुट्याएको छ । यसमा सरकारको आफ्नै र दाताको सहुलियतपूर्ण ऋण खर्च गरिने भएको छ ।

बिहीबार संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यो राष्ट्रिय गौरवको आयोजनाका लागि ८ अर्ब २७ करोड बजेट विनियोजन गरिएको जानकारी दिए ।

जग्गा अधिग्रहण र विस्फोटक पदार्थको अभावका कारण यो आयोजना अपेक्षित रूपमा अघि बढ्न सकेको छैन । पूर्वमा पाँचथरको चिवाभञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलालघाटसम्म पुग्ने यो सडकको कुल लम्बाइ १ हजार ७ सय ७६ किमि छ ।

यो आयोजना आव ०७४/७५ मा नै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर लक्ष्य पूरा हुन नसक्ने देखेपछि अहिले यो आयोजना आर्थिक वर्ष ०७७/७८ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो ।

तर अझै यो आयोजना सम्पन्न गर्न कति समय लाग्छ भन्ने अनिश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?