+
+
Shares

रौतहटमा एकैदिन थपिए २० जना काेराेना संक्रमित

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७७ जेठ १५ गते १८:१८

१५ जेठ, राैतहट । रौतहटमा कोभिड १९ का २० नयाँ संक्रमित थपिएका छन् । रौतहटको राजपुर र राजदेवी नगरपालिकाका व्यक्तिमा बिहीबार संक्रमण पुष्टि भएको हो ।

रौतहटको राजपुरमा १७ र राजदेवी नगरपालिकाको क्वारेन्टिनमा रहेका थप ३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका सबै जना सम्बन्धित नगरपालिकाको क्वारेन्टिनमा रहेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । घिमिरेका अनुसार संक्रमण पुष्टि भएका सबै भारतबाट फर्किएका नेपालीहरु रहेको आएका हुन् ।

यसअघि मंगलबार २२ जनामा संक्रमण पुष्टि भएको थियो भने बुधवार ३५ जनामा संक्रमण पुष्टि भएको थियो । यससँगै रौतहटमा संक्रमित हुनेको संख्या १२५ पुगेको छ ।

संक्रमितको सँख्या बढेसँगै उपचार गर्ने आइसोलेसन कक्षहरुको अभाव हुन थालेको छ । भारतबाट फर्कनेहरुको सँख्या नरोकिएकोले रौतहटमा क्वारेन्टिनको सँख्या समेत बढाउनु पर्ने अवश्यक रहेकाे घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?