+
+
Shares

पर्सामा थपिए ४ जना कोरोना संक्रमित 

सुरेश बिडारी सुरेश बिडारी
२०७७ जेठ १५ गते १९:१५

१६ जेठ, वीरगञ्ज । पर्सामा ४ जना कोरोना संक्रमित थपिएका छन् । पर्साको पोखरीया नगरपालिकास्थित रामदेव साह कलवार स्कुल क्वारेन्टिनमा बसेका ४ जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

पोखरीया नगरपालिका ९ घर भएका ३६, ४२, २१, ३९ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डक काेभिड हस्पिटलका कोओर्डिनेटर डा. उदयनारायण सिंहले अनलाइनखबरलाई जानकारी दिए । नारायणी अस्पतालमै उनीहरुको पीसीआर परीक्षण गरिएको थियो ।

उनीहरु चारै जना भारतबाट ९ दिनअघि भारतबाट आएकोले क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टिनमा ३१ जना रहेकोमा १४ जनाको थ्रोट स्वाबको नमुना संकलन गरेर जेठ १३ गते परीक्षणका लागि नारायणीस्थित ल्याबमा पठाइएको थियो । जसमध्ये ४ जनाको पोजेटिभ देखिएको जानकारी आफूले पाएको पोखरीया नगरपालिकाका नगर प्रमुख दिप नारायण रौनियारले जानकारी दिए ।

उनीहरुलाई उपचारका लागि नारायणी अस्पताल मातहत रहेको गण्डक कोभिड अस्पतालमा ल्याइएको छ ।

यससँगै गण्डक काेभिड अस्पतालमा उपचाररत काेराेना संक्रमितकाे संख्या ९ पुगेकाे छ ।

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?