+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बजेट सरकार र नेकपाको असफलताको दस्तावेज : कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १५ गते २१:४९

१५ जेठ, काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को बजेटलाई नेपाली कांग्रेसले सरकार र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को असफलताको रुपमा यो दस्तावेज भएको प्रतिक्रया दिएको छ । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले बिहीबार संसदमा प्रस्तुत बजेटमा नयाँ दृष्टिकोण नभएको प्रतिक्रिया दिए ।

‘बजेट सरकार र नेकपाको असफलताको रुपमा आएको छ’ डा. रिजालले भने ‘झण्डै दुई तिहाइको बलशाली सरकारले यस्तो कठिनाइका बेला नयाँ भिजनसहितको बजेट ल्याउन सक्नु पर्द’थ्यो, कल्पनाशीलता प्रदर्शन गर्न सक्नुपर्द’थ्यो ।’

रिजालले सरकारले अप्ठ्यारोमा आँखा खोल्न नसकेको भन्दै सार्वजनिक खर्च पुनरावलोकन आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भनिए पनि ठोस रुपमा अङ्कमा नआएको बताए ।

अर्थतन्त्रको आकार नबढ्ने भएकाले राजस्वको लक्ष्य भेट्न कठिन हुने रिजालको भनाइ छ । उनी भन्छन्, ‘राजस्वको अनुमान संशोधितभन्दा २२ प्रतिशतले बढाउने भन्नुभएको छ, जुन यथार्थपरक छैन ।’

डा. रिजालले संशोधित १२१ अर्बबाट तीन सय अर्ब वैदेशिक ऋण उठाउने भन्ने कुरा सम्भव नभएको बताए । उनले लक्ष्यअनुसार आन्तरिक ऋण उठाइयो भने उद्योगी व्यवसायीलाई बजारबाट ऋण लिन गाह्रो पर्ने बताए । ‘जसले आज संकटमा परेका व्यावसायीलाई तङ्ग्रिने बाटो दिँदैन’ रिजालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?