+
+
Shares

कृषिका लागि बजेट राम्रो आयो : उद्योगी गोल्यान

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १५ गते २१:४७

१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटलाई उद्योगी पवन गोल्यानले राम्रो भनी प्रतिक्रिया दिएका छन्।

कृषि, साना तथा मझौला उद्यम व्यवसायका लागि आफूहरूले दिएको सुझाव पनि कार्यान्वयन भएको उनले बताए । बजेट राम्रै आएको भए पनि कार्यान्वयनमा भने चुनौती रहेको उनको भनाइ छ।

‘हामीले कृषिमा गर्न सकिने धेरै सुझाव दिएका थियौं, धेरै राम्रा कार्यक्रमहरू समेटिएका छन्’ अनलाइनखबरसँगको कुराकानीमा गोल्यानले भने, ‘यस्तो महामारीमा यत्तिको राम्रो बजेट आएको छ, योभन्दा राम्रो त हुनै सक्दैन ।’

गोल्यान पुराना र चर्चित धागो उद्योगी हुन् । धागो उत्पादक संघका अध्यक्ष रहेका उनी बैङ्क तथा वित्तीय क्षेत्रका अध्यक्षहरूको संगठन नेपाल बैङ्कर्स परिसंघका समेत अध्यक्ष हुन् । पछिल्लो समय कृषिमा उद्यममा रमाएका गोल्यानले सरकारको बजेटले कृषकहरूमा राम्रै सन्देश जाने बताए ।

सरकारले कृषि क्षेत्रका लागि ४१ अर्ब ४० रुपैयाँ विनियोजन गरेको छ । चालु आर्थिक वर्षको भन्दा सात अर्बले बढी हो । बजेटले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई संघ, प्रदेश र स्थानीय तहमार्फत परिचालन गर्ने नीति लिएको छ।

यस्तै, अनुदानको मल खरिदका लागि बजेटले ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । जुन चालु आवको तुलनामा दुई अर्ब रुपैयाँले बढी हो ।

जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत् खेतीयोग्य जमिन सिँचाइका लागि साना ट्युबेल तथा राष्ट्रिय गौरवका सिँचाइ आयोजनाका लागि दुई अर्ब ३२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । जुन चालु आर्थिक वर्षको भन्दा कम हो ।

चालु आर्थिक वर्षमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ३४ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएको थियो। जसमध्ये प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि ८ अर्ब १० करोड तथा मल खरिदका लागि नौ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?