
१६ जेठ, जनकपुरधाम । सर्लाहीमा बिँडी सेवन गर्ने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिपूर्वा नगरपालिका ५ बस्ने ७० वर्षीय रामसुकुल साह रहेका छन् ।
गत जेठ ११ गते बिँडी सेवन गर्ने क्रममा अचानक उनले लगाएको कपडामा आगो सल्किन पुगेको थियो । शरीरमै आगो सल्केर गम्भीर घाइते भएका साहलाई उपचारका लागि प्रादेशिक अस्पताल ल्याइएको थियो ।
उनको उपचारका क्रममा बिहीबार राति अस्पतालमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रबक्ता एवं डिएसपी मदन कुँवरले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4