+
+
Shares

सामुदायिक विद्यालय सुधार्ने जिम्मा निजीले लिन सक्दैन-एनप्याब्सन

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १६ गते १५:४१

१६ जेठ, काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन)ले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटले निजी विद्यालयहरूलाई निरास बनाएको प्रतिक्रिया दिएको छ ।

कोभिड-१९ महामारीका बेला निजी विद्यालयले कम्तिमा एउटा सामुदायिक विद्यालयलाई शैक्षिक पूर्वाधार सामग्रीसहित शैक्षिक गुणस्तर सुधार गर्न सम्भव नभएको एनप्याब्सनद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको अवस्थामा निजी विद्यालयलाई सहयोग गर्न लगाउनु भनेको जोगीको घरमा सन्यासी पाहुना भने जस्तै हो ।’

सहुलियतपूर्ण कर्जाका लागि वित्तीय संस्थासँग समन्वय गर्ने अपेक्षा गरेका बेला सरकारले उल्टै थप जिम्मेवारी दिन लागेको एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटा बताउँछन् ।

सरकारले विद्यालय सञ्चालन हुने वातावरण र अनलाइन शिक्षाका लागि पहल गर्नुपर्ने उनीहरूको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?