
१६ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेताहरु छुट्टै संविधान संशोधन विधेयक दर्ता गर्न संसद सचिवालय पुगेका छन् ।
गैरसरकारी विधेयकका रूपमा संविधान संशोधन विधेयक दर्ता गर्न संसदीय दलका नेता महन्थ ठाकुरसहित राजपा नेताहरु संसद सचिवालयमा पुगेका हुन् । ‘संशोधन प्रस्ताव दिएर आएका हौं’ नेता केशव झाले भने ।
सरकारले नयाँ नक्साअनुसार निशान छाप संशोधन गर्न संविधान संशोधन विधेयक शुक्रबार संसद सचिवादयमा दर्ता गरेको छ ।
विधेयकबारे सहमति जुटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा राजपा नेताहरुले मधेसको माग पनि सम्बोधन गर्न आग्रह गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4