+
+
Shares

छिमेकी जिल्लामा कोरोना, पोखरामा सतर्कता

विकास रोकामगर विकास रोकामगर
२०७७ जेठ १६ गते १८:२६

१६ जेठ, पोखरा । छिमेकी जिल्ला स्याङ्जा र बागलुङमा कोरोना संक्रमितको संख्या बढेपछि पोखरामा पनि उच्च सर्तकता अपनाउन थालिएको छ । यद्यपि ती ठाउँमा भेटिएका कोराना संक्रमित हालै भारतबाट उद्धार गरिएका हुन् ।

विभिन्न नाका तथा जिल्लामा लम्बिँदो लकडाउनका कारण अलपत्र रहेका व्यक्तिलाई गण्डकी प्रदेशका विभिन्न स्थानीय तहले उद्वार गरिरहेका छन् । अलपत्र परेका नागरिकलाई उद्धार त गरिहेको छ । तर, त्यही अनुरुपमा क्वारेन्टिन वार्डको पर्याप्त व्यवस्था नहुँदा झन् समस्या बल्झिने खतरा बढेको छ ।

शनिबारमात्रै पोखरा महानगरले उद्वार गरिएका आफ्ना नागरिकलाई राख्न क्वारेन्टिनको क्षमता बढाउने निर्णय गरेको थियो । एक वडा कम्तिमा २५ देखि ५० जनासम्म अटाउने क्वारेन्टिन बनाउने लक्ष्यमा महानगर छ ।

‘विभिन्न ठाउँमा अलपत्र आफ्ना नागरिकलाई उद्वार गर्दैछौं । महानगरको यसअघिको क्वारेन्टिनले नपुग्दा क्षमता बढाउन लागेका हौं,’ पोखरा महानगर क्वारेन्टिन व्यवस्थापन समिति संयोजक शोभामोहन पौडेलले भने ।

महानगरले यसअघि २ वटा क्वारेन्टिन सञ्चालन गर्दै आइरहेको छ । जसमध्ये लेकसिटी रिसर्च एन्ड हस्पिटलमा ६० जनासम्म र मालेपाटनस्थित कृषिको होस्टेलमा ४८ जनासम्म राख्न सक्ने क्षमताको छ ।

‘क्वारेन्टिनका लागि स्कुल पहिलो प्राथमिकतामा’

वडा वडामा क्वारेन्टिन बनाउने निर्णय भएसँगै पोखरा महानगरभित्र भएका विद्यालय भवनलाई प्रयोग गर्न थालिएको छ । लकडाउनले विद्यालय बन्द रहेको र प्रशस्त कोठा हुने भएकाले विद्यालय नै उत्तम हुने महानगरको भनाइ छ ।

‘२५ देखि बढीमा ५० जनासम्म अटाउने गरी प्रत्येक वडामा क्वारेन्टिन बनाउने गरी प्रक्रिया सुरु गरेका छौं,’ संयोजक पौडेलले भने, ‘तर, तत्काल नै क्वारेन्टिन संख्या बढाउने भएकाले सुरुमा १० जनादेखि पनि सुरु गरेका छौं ।’

अहिलेसम्म धेरै जनप्रिय स्कुल ३० जना, त्रिभुवन शान्ति स्कुल ३०, जनप्रकाश उच्चमावि २९, इन्द्र राज्यलक्ष्मी स्कुल १९, फिस्टेल भोकेसन एकेडेमी १७, रतन पाण्डे १३, शुक्रराज बलभद्र स्कुल १४ जना अट्न सक्ने क्वारेन्टिन बनाइसकिएको पौडेलले जानकारी दिए ।

‘फिस्टेल भोकेसन एकेडेमीलाई महिला तथा शिशु क्वारेन्टिन बनाउने महानगरले सोच बनाएको छ,’ उनले भने ।

पोखरा महानगरमा पछिल्लो हप्तामात्रै नेपाल भारत नाकाबाट ८६ जना उद्वार गरिएको जिल्ला प्रहरी कार्यालयसँग तथ्यांक छ । तथ्यांक अनुसार यस हप्ता मात्रै विभिन्न जिल्लाबाट १ सय ९३ जना कास्की प्रवेश गरेका छन् । तर, त्यसबाहेक बिना सूचना महानगरमा कति प्रवेश गरे, कति बाहिरिए भन्ने तथ्यांक महानगरसँग छैन ।

गण्डकीमा हालसम्म १९ जना कोरोना संक्रमित पुष्टि भएका छन् । त्यसमध्ये २ जना संक्रमित निको भएर घर फर्किसकेका छन् । स्याङ्जा, बागलुङ, म्याग्दी, नवलपुरमा कोरोना भेटिँदा हालसम्म कास्कीमा भने संक्रमित भेटिएका छैनन् ।

लेखक
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?