+
+
Shares

क्वारेन्टिनको विषयमा रौतहटको गुजरामा झडप, वडाध्यक्ष पक्राउ

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७७ जेठ १६ गते १९:१३
Photo Credit : फाइल फोटो

१६ जेठ, रौतहट । भारतबाट फर्किएकाहरुलाई क्वारेन्टिनमा राख्ने विषयलाई लिएर रौतहटको गुजरा नगरपालिकामा प्रहरी र स्थानीयबासीबीच भडप भएको छ ।

मुम्वईमा ब्याग उद्योगमा काम गरेर फर्किएकाहरुलाई गुजरा नगरपालिकाले सिम्राभवानीपुरमा बनाएको क्वारेन्टिनमा राख्न खोजेको थियो । तर वडा नम्बर ४ का वडाध्यक्ष पवन गिरीले आफ्नो वडामा नराख्न भनेपछि विवाद भएको हो ।

गिरी समर्थकहरुले प्रहरीमाथि ढुङ्गामुढा गरेको प्रहरी निरिक्षक चन्द्रकिशोर साहले जानकारी दिए । प्रहरीले वडाध्यक्ष गिरीलाई नियन्त्रणमा लिएको छ ।

रौतहटको गुजरा नगरपालिकामा भारतबाट आएका ७५ जना तीन दिनदेखी गुजरा ५ को इस्लामपुरमा रहेको हाटबजार लाग्ने ठाउँमा बस्दै आएका थिए । उनिहरुलाई स्थानीय तहले सीमाबाट केही दिनअघि उद्धार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?