+
+
Shares

रुख काट्न र ओसारपसार गर्न रोक

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १६ गते १९:२५

१६ जेठ, काठमाडौं । सरकारले वनको साललगायतका रुख कटान, संकलन, ढुवानी तथा ओसारपसारमा रोक लगाएको छ । काठ तस्करी अनियन्त्रित रुपमा बढेपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले कटान भइसकेका रुख, काठ र गोलिया जे जस्तो अवस्थामा छ त्यस्तै अवस्थामा राख्ने निर्देशन दिएको छ । वन तथा वातावरण मन्त्रालयले यस विषयमा सातवटै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई परिपत्र गरेर तत्कालै निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

मन्त्रिपरिषद् बैठकको निर्णयमा भनिएको छ, ‘देशको विभिन्न वन क्षेत्रमा साल लगायतका विभिन्न रुखहरू कटान, संकलन, ढुवानी तथा ओसारपसार गर्ने कार्य वन क्षेत्रको दुरुपयोग हुने गरी अनियन्त्रित रुपले तीव्र गतिमा भइरहेको बुझिन आएको हुँदा नेपालभित्रको सम्पूर्ण वन क्षेत्रका साल लगायतका विभिन्न रुखहरू कटान गर्ने, संकलन, ढुवानी र ओसारपसार गर्ने कार्य तत्कालै रोक्ने र कटान भएका साल लगायतका रुख, काठ र गोलिया जहाँ जुन जस्तो अवस्थामा छन् त्यसलाई सोही अवस्थामा सुरक्षित राख्ने कार्य वन तथा भूसंरक्षण मन्त्रालयले तत्कालै गर्ने गराउने ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?