+
+
Shares

कांग्रेस बैठक : संविधान संशोधनको पक्षमा मतदान गर्ने प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १७ गते १७:०९

१७ जेठ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने प्रस्ताव पेश भएको छ ।

पार्टी कार्यालय सानेपामा जारी बैठकमा पेश गरिएको प्रस्तावमा भनिएको छ, ‘कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समावेश गरी सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदा गर्न संसदीय दललाई निर्देशन गर्दछ ।’

प्रस्तावमा छलफल भइरहेको छ । एक नेताले भने, ‘निर्णय हुने त त्यही हो, तर अहिले नेताहरुले आफ्नो धारणा राखिरहनु भएको छ ।’

सरकारले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न शुक्रबार संविधान संशोधन विधेयक दर्ता गरेको थियो । कांग्रेसले आज संशोधनको पक्षमा उभिने निर्णय गरे भोलि संसदमा यो विधेयक पेश हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?