
१७ जेठ, काठमाडौं । पाकिस्तान सरकारका एक मन्त्री शहरयार खान अफ्रिदीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । सीमा मामिला र मादक पदार्थ नियन्त्रण मन्त्रालयका राज्यमन्त्रीले आफैंले सामाजिक सञ्जाल ट्वीटरमा यसबारेमा जानकारी दिएका हुन् ।
शनिबार बिहान उनले सामाजिक सञ्जालमा लेख्दै आफूलाई कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको र चिकित्सकको सल्लाहअनुसार आफू घरमा नै क्वारेन्टिनमा बसेको बताइका छन् ।
पाकिस्तानमा कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको लकडाउन केही खुकुलो पारिएको छ । तर, संक्रमितको संख्या भने निरन्तर बढ्दो क्रममा छ । अहिलेसम्म पाकिस्तानमा ६७ हजारभन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।
स्रोत : बीबीसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4