+
+
Shares

कोरोना संक्रमणबाट दैलेखमा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १७ गते २०:५८

१७ जेठ, सुर्खेत । कोरोना भाइरस (कोभिड-१९) का कारण दैलेखमा एक जनाको मृत्यु भएको पुष्टि भएको छ। दुल्लुस्थित विद्युत् कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका युवकको रिपोर्ट पोजेटिभ आएको हो।

दुल्लु-११ का ३५ वर्षीय पुरुषको बिहान निधन भएको थियो। दिउँसो उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर विधिबाट गरिएको परीक्षणमा युवकको नतिजा पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।

उनको स्वाब तीन दिनअघि पठाइएको थियो । उनी ७९ जना साथीसहित १० दिनअघिमात्र भारतको गुजरातबाट गाउँ फर्किएका थिए ।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?