+
+
Shares

कालीकोटका १७ जनामा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १७ गते २२:२३

१७ जेठ, सुर्खेत । कालीकोटमा पहिलोपटक कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शनिबार  गरिएको परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएकामध्ये कालीकोटका १७ जना छन् भने  दैलेखको दुल्लुका एक र बाजुराका एकजना रहेका सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

शनिबार मात्रै ल्याबमा एक सय ५९ नमुनाको परीक्षण गरिएको र त्यसमध्ये १९ जनामा (कोभिड-१९) पोजिटिभ पुष्टि भएको डा. तिवारीले बताए । उनीहरू सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरू हुन् ।

योसँगै कर्णालीमा संक्रमितको संख्या ७७ पुगेको छ । उनीहरूमध्ये एक जनाको क्वारेन्टिनमै मृत्यु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?