+
+
Shares

काेराेनामुक्त भएर घर फर्किइन् हेटौंडाकी २५ वर्षीया महिला 

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १८ गते १२:५७

१८ जेठ, चितवन । चितवनको भरतपुर अस्पतलामा उपचाररत कोरोना संक्रमित एक महिला डिस्चार्ज भएकी छिन् । हेटौंडा उपमहानगरपालिका वडा नं. १ चौकीटोल घर भएकी एक २५ वर्षीया गर्भवती महिला कोरोना संक्रमण पुष्टि भएको तेस्रो दिनमा नै संक्रमण मुक्त भएपछि अस्पतालले आइतबार बिहान डिस्चार्ज गरेको हो ।

गर्भवती ती महिलाले आफूलाई कोरोनाको संक्रमण कहाँबाट कसरी भयो भन्ने बारेमा नै आश्चार्यमा परेको बताइन् । ‘सुरुमा त रिर्पोट पोजेटिभ आयो भन्नेबित्तिकै डर लाग्यो,’ उनले भनिन्, ‘कसरी लाग्यो अचम्ममा परे, तर अहिले चाँडै नै निको भयो खुसी लागेको छ । कोही पनि आत्तिनुपदैन’ उनले अस्पतालले दिएको सेवाप्रति धन्यवाद दिइन् ।

भरतपुर अस्पतालका फिजिसियन डा. प्रमोद पौडेलले उनकाे शरीरमा भाइरल लोड कम भएको र इम्युनिटी पावर पनि राम्रो भएकोले छिटो निको भएको हुनसक्ने बताए । पाँच महिनाकी गर्भवती रहेकी उनको स्वास्थ्य अवस्था सामान्य छ । भरतपुर कोभिड-१९ प्रयोगशालामा शनिबार दुईपटकसम्म गरिएको आरटी-पीसीआर परीक्षणमा रिर्पोट नेगेटिभ आएपछि उनी कोरोनामुक्त भएकी हुन् ।

गएको जेठ ९ गते चितवनबाट हेटौंडा गएकी ती महिलाको जेठ १४ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । आरडीटी परीक्षण नेगेटिभ देखिए पनि पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनलाई भरतपुर अस्पतालमा उपचार गरिएको थियो । उनी र उनका श्रीमान् चितवनमा नै रोजगारी गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?