+
+

कलाकार जयनेन्द्र चन्द ठकुरीको निधन

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १८ गते १३:१७

कलाकार जयनेन्द्र चन्द ठकुरीको ८० वर्षको उमेरमा आइतबार निधन भएको छ । ठकुरीको बिहान ११ बजेर २० मा आफ्नै घर बागडोलमा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए ।

उनको आजै पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिँदैछ ।

घरमा उनी आफ्नी छोरीसँगै  बस्दै आएका थिए । लामो समयदेखि प्यारालाइसिस रोगका कारण थलिएका ठकुरीलाई सुगरलगायतको स्वास्थ्य समस्यासमेत थियो ।

कलाकार ठकुरीले ‘एक्का ट्रायल, पर्खी बसे, दुई पल, अंगरक्षक, माया बैगुनी, चाँदनी, चोर, ज्वाला, देउकी, अधिकार’ लगायतका चलचित्रमा अभिनय गरेका छन् ।

सयभन्दा बढी चलचित्रमा अभिनय गरेका ठकुरीले केही सिरियलमा समेत काम गरेका छन् । चार दशकभन्दा लामो समयदेखि उनी कलाकारितामा सक्रिय थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?