+
+
Shares

नेकपा प्रवक्ताको प्रश्न– प्रधानमन्त्रीलाई नै मन नपरेको सांसद विकास कोष किन खारेज भएन ?

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १८ गते १५:४१

१८ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले बजेटमा सांसद विकास कोष (स्थानीय क्षेत्र पूर्वाधार साझेदारी कार्यक्रम) खारेज नहुनु दुःखद् भएको भन्दै त्यसको विरोध गरेका छन् ।

राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा बोल्दै कम्तीमा कोभिड-१९ महामारीको संकटका बेला यो कोषका लागि रकम छुट्याउन नहुने उनको भनाइ छ । श्रेष्ठले भने, ‘प्रधानमन्त्री र अर्थमन्त्री दुवै जना सांसद विकास कोषको विपक्षमा हुनुहुन्छ तर बजेटमा खारेज गर्ने साहस किन गर्न सक्नुभएन ?’

बजेटले संकटलाई अवसरमा बदल्न नसकेको श्रेष्ठको भनाइ छ। उनले भने, ‘हरेक संकट अवसर पनि हो तर त्यसअनुसार गेम चेन्जिङ भिजन बजेटमा देखिएन, बोल्डनेसको अभाव देखियो ।’

स्वास्थ्यका लागि विनियोजित रकम उपचारमा मात्रै केन्द्रित भएको उनले उल्लेख गरे। उनी बजेटमा जनस्वास्थ्यलाई पूरै बेवास्ता गरिनु दुःखद भएको बताउँछन् ।

श्रेष्ठले समग्रमा भने बजेट यथार्थपरक र कार्यान्वयन सम्भव भएको बताए । विपक्षीहरूले आरोप लगाए जस्तो स्रोत जुटाउन कठिन पनि नभएको उनको भनाइ छ ।

उनका अनुसार बजेटले कोरोनाबाट जीवन बचाउने, महामारीले टुटाएको अर्थतन्त्रको कडी जोड्ने, रोजगारी बढाउने, आयात प्रतिस्थापन गर्ने नीति लिएको छ।

‘सरकारले ल्याएको बजेट कोभिड-१९ को आवश्यकता अनुरुप छ, यो बजेटले आजको राष्ट्रको आवश्यकतालाई सम्बोधन गरेको छ’ श्रेष्ठ भन्छन्, ‘यो बजेट सकारात्मक छ यसलाई कार्यान्वयन गरेर जानु नै अहिलेको आवश्यकता हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?