+
+
Shares

डोटीमा सेनाले बनायो अस्थायी क्वारेन्टिन

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १८ गते १७:२२

१८ डोटी, जेठ । नेपाली सेनाले डोटीको शिखर नगरपालिका-३ आलीमा अस्थायी क्वारेन्टिन निर्माण गरेको छ । शिखर नगरपालिका र नेपाल रेडक्रस सोसाइटीको आवश्यक सामाग्री सहयोगमा नेपाली सेनाको रुद्धध्वज गणले अस्थायी क्वारेन्टिन निर्माण गरेको हो ।

गणका गणपति प्रमुख सेनानी रत्नकेशर खड्काले नगरपालिकाले अस्थायी क्वारेन्टिन  निर्माणका लागि सहयोग गर्न माग गरेपछि आफूहरुले क्वारेन्टिन तयार गरेको बताए । भारतबाट आउनेहरुको संख्या दिनानुदिन बढिरहेको तर क्वारेन्टिनको अभाव भएका कारण अस्थायी क्वारेन्टिन निर्माण गरिएको खड्का बताउँछन् ।

बाँस र त्रिपालको प्रयोग गरेर निर्माण गरिएका टहराहरु शनिबारेदेखि प्रयोगमा आइसकेका छन् । तत्कालका लागि १७ वटा आवासीय अस्थायी टहरा, १३ वटा शौचालय र १ भान्साघर निर्माण गरिएको समेत प्रमुख सेनानी खड्काले बताए । प्रत्येक क्वारेन्टिनमा चारदेखि ६ जनासम्म राख्न सकिने खड्काले जानकारी दिए ।

शिखर नगरपालिकाभर करिब दशदेखि एघार हजार मानिसहरू कामको सिलसिलामा भारतलगायत अन्य तेस्रो मुलुकमा रहेका छन् । नगरपालिकाभित्रका विद्यालयहरु र सामुदायिक भवनहरूमा क्वारेण्टाईन वनाएर मात्र सम्भव नहुने देखिएपछि अस्थायी टहरा निर्माणका लागि नेपाली सेनासँग सहयोग मागेको शिखर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिश शाहले बताए । अस्थायी क्वारेन्टिनमा बस्नेहरुका लागि खानेपानी, बिजुली बत्ती, ओढ्ने ओछ्याउने लगायतका सम्पूर्ण व्यवस्थापन गरिएको समेत स्वास्थ्य शाखा प्रमुख शाहले बताए ।

भारत तथा तेस्रो मुलुकबाट आउने मानिसहरूलाई क्वारेन्टिनमा राखेर व्यवस्थापन गर्न कठिनाई भइरहेको शिखर नगरपालिकाका प्रमुख सिताराम जोशीले बताए ।

शनिबारसम्म एक हजार तीन सयको हाराहारीमा भित्रिएका व्यक्तिहरुले नगरभित्र रहेका विद्यालय, बालबिकास केन्द्र, सामुदायिक भवनहरु सबै भरिभराउ भइसकेका नगर प्रमुख जोशी बताउँछन् । उनी भन्छन्, ‘व्यवस्थापनमा हम्मेहम्मे भइसक्यो, अब आउने क्रम जारी रहने हो भने थेग्न सक्ने अवस्था छैन, घर पठाउनुभन्दा अन्य विकल्प छैन ।’

शनिबारसम्म ३३ वटा स्थानमा एक हजार तीन सय तीन जनालाई क्वारेन्टिनमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?