+
+
Shares

निरोगी जीवनको तीन सूत्रः उचित आहार, विहार र विचार

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २१ गते १७:२१

रोग लागेर उपचार गर्नुभन्दा निरोगी जीवन बाँच्नु उत्तम हो । निरोगी कसरी रहने त ? यसका लागि मात्र तीन वटा कुरा अपनाए पुग्छ, उचित आहार, उचित विहार र उचित विचार ।

आहार

अर्थात खानपान, विचार र दिनचर्या नै स्वस्थ्य जीवनको राज हो । खाना स्वास्थ्य, सुपाच्य र सन्तुलित हुनुपर्छ । हामी रोगी हुनुमा हाम्रो खानपान शैली खास जिम्मेवार छ। हामीले स्वादका लागि भुटेको, तारेको, मसलेदार, चिल्लो, पिरो खानेकुरामा जोड दियौं । थरीथरीका खानामा मिश्रण गर्‍यौं । कतिपय खानेकुरा आपसमा मिश्रण गर्दा त्यो विषाक्त हुन्छ । त्यससँगै स्वादका लागि मासु, मदिरा खान थाल्यौं । वास्तवमा यही खानपानले हो हाम्रो शरीरलाई जीर्ण बनाएको ।

खाना भनेको पोषणको स्रोत हो। त्यसैले शरीरलाई आवश्यक पोषणयुक्त खानेकुरा सेवन गर्नुपर्छ। खानेकुरा स्वस्थ्य र सन्तुलित हुनुपर्छ। साथै त्यसको मात्रा पनि उचित हुनुपर्छ।

विहार

विहार अर्थात् यात्रा । घुमफिर । यसले हाम्रो दैनिकी कसरी बित्छ भन्ने पनि दर्शाउँछ । हामी कहाँ जान्छौं, के गर्छौं भन्ने कुराले पनि हाम्रो स्वास्थ्य निर्धारण गर्छ।

यसले हाम्रो दिनचर्याको संकेत गर्छ । हाम्रो दिनचर्या कुन किसिमको छ भन्ने कुरा स्वस्थ जीवनको लागि महत्वपूर्ण छ। बिहान उठ्ने, खाने, बस्ने, हिँड्ने, काम गर्ने, सुत्ने सबै तालिका नियमित, सन्तुलित हुनुपर्छ । दिनचर्यामा तालमेल मिल्नुपर्छ ।

बिहान सूर्योदयअघि उठ्नुपर्छ । त्यसपछि मलमूत्र त्याग गर्ने, व्यायाम गर्ने, नास्ता लिने, नुहाइधुवाइ गर्ने, काम गर्ने, खाना खाने कुरामा तालमेल मिलाउनुपर्छ । यस्तो तालमेल मिलेमा हामी निरोगी हुन्छौं ।

विचार

विचार अर्थात् हाम्रो सोच चिन्तन । हामी के सोच्छौं, कसरी सोच्छौं भन्ने कुराले हाम्रो स्वास्थ्यमा पनि प्रभाव पार्छ ।

जब मनमा विकार पैदा हुन्छ, हामी रोगी हुन्छौं । शरीर विषाक्त हुन्छ । त्यसैले मन चंगा हुनुपर्छ । सकारात्मक हुनुपर्छ भनिएको हो ।

मनभित्र घृणा, ईर्ष्या, अहंकार, प्रतिशोध, रिस, लोभ, पापजस्ता कुरालाई आश्रय दिन्छौं। हाम्रो शरीर नै बोझिलो हुन्छ। यस्ता कुराले मनमा विकार पैदा गर्छ। त्यही विकारले शरीरमा रोगलाई जन्म दिन्छ।

रिसाह, अहंकारी, प्रतिशोधका भावना भएका व्यक्तिहरू उच्च रक्तचापलगायतको रोगको शिकार हुन्छन्। त्यसैले सकारात्मक रहनुपर्छ। विनयी रहनुपर्छ। खुसी हुनुपर्छ । उत्साहित हुनुपर्छ। यस्ता विचार, चिन्तनले हामीलाई स्वस्थ्य र फूर्तिलो बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?