
१२ असार, काठमाडौं । सामाजिक अभियन्ता ई : आमरन अनशन बसेका छन् । ललितपुरको पाटन दरबार स्क्वायरमा उनी अनसनमा बसेका हुन् ।
कोरोना महामारीजस्तो जीवन मरणको सवालमा भ्रष्टाचार रोक्नुपर्ने, संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने, अस्पतालको क्षमता वृद्धि गर्नुपर्ने, कोरोना नियन्त्रणको लागि अत्यधिक स्रोत र साधन प्रयोग गर्नुपर्ने र सर्वोच्च अदालतको फैसला कार्यन्वयन गर्नुपर्ने उनको माग छ ।
पछिल्लो समय पीसीआरको क्षमता बढाउनुपर्ने, क्वारेन्टिनस्थलहरु व्यवस्थित बनाउनु पर्ने भन्दै उनी ‘इनफ इज इनफ’ अभियानमा सक्रिय थिए ।
जीवन बचाउनको लागि सत्याग्रह नारा राखेर शुक्रबार उनले अनशन सुरु गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4