
१२ असार, बुटवल । दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तीन जना कर्मचारीसहित थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा प्रतिष्ठानकै तीन जना कर्मचारीसहित ७५ जनाको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमित पुष्टि हुनेहरुमा घोराहीका ३१, तुलसीपुरका ११, बंगालाचुलीका १०, राजपुरका १०, शान्तिनगरका ६, लमहीका ३ र प्रतिष्ठानका ३ जना कर्मचारी छन् । योसँगै दाङमा कुल संक्रमितको संख्या ४ सय ५५ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4