+
+
Shares

विराटनगरमा श्रीमान्-श्रीमतीमा कोरोना स‌ंक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १२ गते १८:२२

१२ असार, विराटनगर । विराटनगर महानगरपालिकामा शुक्रबार थप दुई जनामा संक्रमण पुष्टि भएको छ । विराटनगर-६ का ३१ वर्षीय पुरुष र २१ वर्षीय महिलामा स‌ंक्रमण पुष्टि भएको हो । उनीहरू श्रीमान् र श्रीमती रहेको पाइएको छ ।

विराटनगर महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले भने, ‘संक्रमण पुष्टि भएका उनीहरू श्रीमान् र श्रीमती हुन् । दुवै जना असार ४ गते भारतको दिल्लीबाट मजदुरी गरी विराटनगर फर्किएका थिए ।’

विराटनगरस्थित मारवाडी सेवा सदनको क्वारेन्टिनमा बस्दै आएका दुवै जनाको असार ७ गते स्वाब संकलन गरिएकोमा शुक्रबार पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको उनको भनाइ छ । योसँगै विराटनगरमा कोरोना संक्रमितको संख्या १० पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?