
सिद्धबाबामा खसेको पहिरो । फाइल फोटो
१४ असार, बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको माथिल्लो सिद्धबाबा मन्दिर क्षेत्र नजिकै भीरबाट ढुंगा खस्दा बुटवल–पाल्पा सडक अवरुद्ध भएको छ ।
तिनाउ गाउँपालिका वडा नं. ३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै आइतबार बिहान सडकमाथिको भीरबाट ठूला–ठूला ढुंगा खस्दा सडक अवरुद्ध बनेको हो ।
अबिरल बर्षासँगै खसेका ढुंगाका कारण सडक अवरुद्ध हुँदा बिहानैदेखि सवारी साधन चल्न सकेका छैनन् । अवरुद्ध सडक खुलाउन डोजर पठाइ पनि वर्षा नरोकिएका कारण ढुंगाहरु पन्छाउने काम हुन नसकेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
वर्षा रोकिएपछि ढुंगा हटाइने भएकाले सडक खुल्न हुन केही घण्टा लाग्ने प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4