
१४ असार, सुर्खेत । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) संक्रमितको तथ्याङ्क संशोधन गरेको छ । शनिबार संक्रमित संख्या १४४० पुगेको तथ्यांक सार्वजनिक गरेको स्वास्थ्य सेवा महाशाखाले आइतबार संख्या घटाएको छ ।
आइतबार जुम्लाको परीक्षणबाट पुष्टि भएका थप दुई जनासहित संक्रमितको जम्मा संख्या १४२८ पुगेको महाशाखाले जानकारी गराएको छ ।
शनिबारको तथ्यांकमा अछाम र बाजुराबाट पठाइएको स्वाबमध्ये कोरोना पुष्टि भएका १४ जनाको संख्या पनि कर्णालीमै जोडिएको थियो । उक्त संख्या आइतबार हटाई तथ्यांक सच्याइएको महाशाखाले जनाएको छ ।
यस्तै, कर्णालीमा डिस्चार्ज हुनेको संख्या पनि बढेको छ । आइतबार मात्रै सुर्खेत, कालीकोट र रुकुम पश्चिमबाट गरी २२ जना डिस्चार्ज भएका छन् ।
उनीहरूसहित कर्णालीमा डिस्चार्ज हुनेको संख्या ९५६ पुगेको छ भने ६ जनाको मृत्यु भएको छ । हाल ४६६ जना आइसोलेसनमा रहेका छन् ।
प्रतिक्रिया 4