+
+
Shares

त्रैलोक्यनाथ शिक्षा पुरस्कार शिक्षक मासिकलाई

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १४ गते १६:०८

१४ असार, काठमाडौं । यस वर्षको त्रैलोक्यनाथ उप्रेती शिक्षा पुरस्कार शिक्षक मासिकलाई प्रदान गरिने भएको छ । काठमाडौं विश्वविद्यालय अन्तर्गतको त्रैलोक्यनाथ उप्रेती शिक्षा विकास केन्द्रले एक लाख नगद राशीको पुरस्कार शिक्षक मासिकलाई दिने घोषणा गरेको हो ।

नेपालको सार्वजनिक शिक्षाको स्तरवृद्धिका निम्ति गरेको योगदानका लागि शिक्षक मासिकलाई पुरस्कृत गर्ने निर्णय गरेको उप्रेती शिक्षा केन्द्रका अध्यक्ष डा. सुरेशराज शर्माले जानकारी दिए । यो पुरस्कार हरेक दुई–दुई वर्षमा प्रदान गरिन्छ ।

१३ वर्षदेखि प्रकाशित हुँदै आएको शिक्षक मासिक शिक्षकहरूको मनोबल र दक्षता वृद्धि एवं शिक्षा सम्बन्धी पछिल्ला सीप, प्रविधि र चिन्तनहरूमा शिक्षकहरूको पहुँच बढाई सार्वजनिक विद्यालयको शिक्षण–सिकाइमा योगदानमा केन्द्रित छ ।

पुरस्कार २०१० सालमा गठित पहिलो शिक्षा आयोगका सदस्य सचिव तथा फ्रान्सका लागि पूर्व नेपाली राजदुत स्वर्गीय त्रैलोक्यनाथ उप्रेतीको नाममा स्थापना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?