
१४ असार, तनहुँ । असारलाई मानो रोपेर मुरी उब्जाउने समय भनिन्छ । मध्य असारको गर्मीलाई सिमसिम पानीले प्रतिवाद गरिरहेको छ ।
धेरै ठाउँका किसान खेत रोप्ने तयारीमा रहेका बेला तनहुँको म्याग्दे गाउँपालिकाका किसानलाई भने चैते धान भित्र्याउने चटारो छ ।
असार सुरुदेखि नै लगातार पानी परिरहेका कारण खेत हिलो भएको छ । जति हिलो भए पनि र वर्षा नरोकिए पनि पाकेको धान भित्र्याउनै पर्यो ।
असारे धान भित्र्याएपछि बल्ल मंसिरमा पाक्ने धान रोप्न खेत खाली हुन्छ । त्यसैले यो बेला किसानलाई काममा भ्याइनभ्याइ छ ।
विहानदेखि खेतमा खटिने किसान कोही धान काट्ने, कोही धान चुटेर थन्क्याउने र कोही खेत जोतेर मंसिरे धान रोप्ने तयारीमा जुटेका छन् ।
तस्वीर सौजन्य : श्रीधर पौडेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4