
१४ असार, गुल्मी । गुल्मीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा आइतबार १२ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए ।
उनका अनुसार गुल्मीदरबार गाउँपालिकामा ११ जना र रेसुङ्गा नगरपालिकामा १ जना गरी कुल १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गुल्मीमा संक्रमितको संख्या २८७ पुगेकाे छ ।
जसमध्ये ४२ जना संक्रमित कोरोना मुक्त भएर घर फर्केिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4