
१३ असार, कैलाली । धनगढीमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरूद्ध आइतबार विरोध र्याली निकालिएको छ । स्वाधीनताको रक्षाका लागि भन्दै बोलन्या थली संस्थाले बयलगाडा र्याली निकालेको हो ।
‘एमसीसी जाल हो, देश बेच्ने चाल हो’, ‘एमसीसी खारेज गरौं, स्वाधीनताको रक्षा गरौं’ लगायतका ब्यानरसहित युवाहरुले र्याली निकालेका थिए । एक दर्जन बयलगाडासहित युवाहरु नारा लगाउँदै धनगढीको क्याम्पस चोकदेखि मुख्यमन्त्री कार्यालय पुगेका थिए । उनीहरुले बयलगाडा चढेर अमेरिका पुगिदैन भन्ने नाराबाजी समेत गरेका थिए ।
स्वाधीनता र राष्ट्रियताको लागि आन्दोलन गरिएको बोलन्या थलीका संयोजक यादव जोशीले बताए । ‘एमसीसीको नाममा मुलुकलाई बेच्ने काम हुँदैछ । हामी सचेत नागरिकहरु यो हुन दिन्नौँ,’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4