+
+
Shares

मोटरसाइकल चोरी गर्ने गिरोहमा यातायातकै कर्मचारी !

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १५ गते १४:१७

१५ असार, काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा यातायात व्यवस्था कार्यालयका कर्मचारी नै पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा यातायात कार्यालय, धनगढीका कम्प्युटर अपरेटर जितेन्द्र राना र कार्यालय सहयोगी गणेश भट्टराई छन् ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले उनीहरुसहित १२ जनालाई मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा पक्राउ गरेको हो ।

‘यातायातको कर्मचारीले नक्कली बिलबुक बनाउन सहयोग गरेको पाइएको छ’, कञ्चनपुरका डीएसपी अमर थापाले अनलाइनखबरसँग भने, ‘अहिलेसम्म ८ वटा मोटरसाइकल र बिलबुकहरु बरामद भएको छ, थप अनुसन्धान गरिरहेका छौं ।’

उनीहरुसँग पक्राउ पर्ने अन्यमा कञ्चनपुरका बहादुर राना, राजकुमार राना, हरेन्द्र राना, सुवेश राना, रामनिवास राना, श्याम राना, रामलाल राना, प्रदीप राना, लक्ष्मी राना र राम दयाल राना छन् ।

उनीहरु सबैविरुद्ध सरकारी छाप तथा दस्तखत कीर्ते सम्बन्धी कसुरमा म्याद थप गरिने भएको छ । पीडितले चोरी सम्बन्धी जाहेरी दिए, त्यो पनि थपिने थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?