
१५असार, विराटनगर । प्रदेश १ मा करिब २२ प्रतिशत रोपाइँ भएको छ । आइतबारस्म्म प्रदेश १ का १४ जिल्लाको धानखेती हुने क्षेत्रको २१.४८ प्रतिशत हेक्टरमा धान रोपाइँ भएको हो ।
प्रदेश कृषि निर्देशनालय विराटनगरका अनुसार गत वर्ष यहीँ अवधिमा १७.४ प्रतिशत रोपाइँ भएको थियो ।
प्रदेश १ मा ३ लाख ४० हजार ८ सय २९ हेक्टरमा धान खेती हुन्छ र जसमध्ये प्रदेशभर ७३ हजार २ सय २३ हेक्टरमा धान रोपाइँ भएको छ ।
प्रदेशममा ७९.५२ प्रतिशत क्षेत्रमा धान रोपाइँ हुन बाँकी छ । निर्देशनालयका अनुसार मध्य पहाडी क्षेत्रमा २९.२४, उच्च पहाडी क्षेत्रमा १४.६१ मा रोपाइँ भएको छ ।
२ लाख २५ हजार ८ सय हेक्टर क्षेत्रफल भएको तराइँ क्षेत्रमा ४३ हजार १ सय १५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको निर्देशनालयले जनाएको छ ।
धानखेतीको क्षेत्र भनेर चिनिने मोरङमा ३० प्रतिशत, झापामा १५ प्रतिशत र सुनसरीमा २५ प्रतिशत रोपाइँ भएको छ।
प्रतिक्रिया 4