+
+
Shares

कपिलवस्तुमा भेटियो नेपालकै सबैभन्दा ठूलो सलहको झुण्ड

नवीन ढुंगाना नवीन ढुंगाना
२०७७ असार १५ गते १४:५४
फाइल फोटो

१५ असार, काठमाडौं । कपिलवस्तुको तीन नगरपालिकामा सलहको ठूला झुण्डहरू फेला परेका छन् ।

बुद्धभूमि, शिवराज र कपिलवस्तु नगरपालिकाको जंगलमा सलहको ठूला झुण्ड देखा परेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।

आइतबार अपराह्न करिब ८ देखि १० लाखभन्दा धेरै संख्याको सलहको झुण्ड कपिलवस्तुमा प्रवेश गरेको विषादी व्यवस्थापन केन्द्रको अनुमान छ । उक्त नयाँ समूह जंगलमा बसेको प्रवक्ता सुवेदीले बताए ।

करिब २० घण्टासम्म एकै ठाउँमा बसेको सलहको उक्त झुण्ड नेपालमा भेटिएकोमध्ये सबैभन्दा ठूलो भएको सुवेदीले दाबी गरे ।

नेपालमा शनिबारदेखि सलहको झुण्ड नेपालका प्रवेश गर्ने क्रम सुरु भएको थियो । सरकारले भारतका विभिन्न भागमा बालीनाली नष्ट गर्दै आएका सलह साना-साना झुण्डमा छुटि्टएर नेपाल प्रवेश गरेको बताउँदै आएको थियो । अब ठूलो झुण्ड पनि नेपाल आउन थालेको पाइएको छ।

लेखक
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?