+
+
Shares

कैलालीमा पनि देखियो सलह

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १५ गते १६:२१

१५ असार, काठमाडौं । कैलालीको बर्दगोरीया गाउँपालिकामा सलह किरा देखिएको छ । स्थानीय रामप्रसाद कठरियाले खेतमा मल छर्न जाँदा सलह किरा देखेको बताए ।

बर्दगोरीया गाउँपालिका कृषि शाखाका कृषि प्राविधिक राम प्रसाद देवकोटाले वडा नम्बर ६ बाट सलह देखिएको भन्दै किसानले फोन गरेको बताए । उनले भने, ‘अहिलेसम्म सलह भन्ने छ त्यहाँ पुगेपछि विस्तृत थाहा हुन्छ ।’

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्र शर्माले कैलालीमा सलह आएको जानकारी आएको बताए । ‘हामीलाई खबर आएको छ । केही त स्थानीयले पनि मारे’ उनले भने ।

प्रदेश सरकारले आइतबार सलह मारे प्रतिकिलो २५ रुपैयाँ दिने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?