+
+
Shares

ललितपुरमा साढे २ वर्षका बालकमा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १५ गते २०:०७

१५ असार, काठमाडौं । ललितपुरमा साढे दुई वर्षका बालकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

ललितपुर स्वास्थ्य कार्यलयका प्रमुख डा. खगेश्वर गेलालका अनुसार ती बालकलाई ब्रेन ट्युमर भएको थियो । मेडसिटी अस्पतालमा ट्युमरको शल्यक्रिया गर्नुअघि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । ‘उनको ट्राभल हिस्ट्री छैन, कोही संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएको पनि थाहा छैन’ डा. गेलालले भने ।

इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले ती बालकको संक्रमण स्रोत पत्ता लगाउन टिम खटाएको बताए । उनका अनुसार उपत्यकाका सोमबार भेटिएका संक्रमितमध्ये ३ जना महिला गत ५ असारमा कुवेतबाट आएका हुन् ।

यस्तै एक जना गत ८ असारमा माल्दिभ्सबाट हिमालयन एयरमार्फत आएका पुरुष हुन् । अर्का एक जना ६ असारमा दुबईबाट आएका ३६ बर्षका पुरुष, भारतको गोरखपुरबाट आएका दुई पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?