+
+
Shares

मोटरसाइकलको ठक्करबाट कैलालीमा बालकको मृत्यु, ३ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १६ गते ११:३४

१६ असार कैलाली । कैलालीमा मोटरसाइकलको ठक्करबाट सोमबार राति एक बालकको मृत्यु भएको छ ।

जिल्लाको बर्दगोरिया गाउँपालिकामा-१ स्थित पूर्वपश्चिम राजमार्गमा भे६प २५२० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ५ वर्षीय हिमांशु परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् । मोटरसाइकल चालक सुरेश चौधरी, मोटरसाइकलमा सवार जयदेव चौधरी र मृतक बालकका बुवा रमेश परियार घाइते भएको प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

उनीहरू तीनैजनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?