+
+
Shares

अधिवक्ता स्वागत नेपालविरुद्ध कारबाहीको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १६ गते १२:०५

१६ असार, काठमाडौं । अधिवक्ता स्वागत नेपालसहित १२ जनालाई मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ ।

भ्रष्टाचारविरुद्ध सांकेतिक विरोध कार्यक्रम भन्दै स्वतन्त्र राष्ट्रिय अभियान, नेपालको ब्यानरबाट नेपालसहितका व्यक्तिले शरीरबाट सडकमा रगत पोख्ने कार्यक्रम राखेका थिए । तर, त्यहीबीच मंगलबार उनीहरुलाई काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले अनलाइनखबरलाई बताएअनुसार उनीहरुले हिंसात्मक कार्य गर्न लागिएकाले पक्राउ गरिएको हो । ज्ञवालीले भने, ‘सडकमै शरीरबाट रगत पोख्ने कार्यक्रमलाई विथोलेका छौं, उहाँहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा म्याद थप गर्ने तयारी छ ।’

थपिएको म्यादमा पक्राउ परेकाविरुद्ध विस्तृत अनुसन्धान गरिने ज्ञवालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?