Comments Add Comment

निको भए अपराध महाशाखाका कोरोना संक्रमित प्रहरी

१६ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएका एकजना प्रहरी निको भएका छन् । उनलाई मंगलबार टेकु अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिएको छ ।

खोटाङबाट उदयपुर हुँदै काठमाडौं आएका उनको ७ असारमा पीसीआर जाँचका लागि स्वाब संकलन गरिएको थियो । तीन दिनपछि आएको रिपोर्टमा उनमा संक्रमण देखिएको थियो । त्यसको ६ दिनपछि पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

उनलाई संक्रमण देखिएलगत्तै महाशाखाका थप ५ जना प्रहरीलाई पनि क्वारेन्टिनमा राखिएको थियो । उनीहरुको पनि रिपोर्ट नेगेटिभ आइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment