
१६ असार सुर्खेत । कर्णाली प्रदेशमा पनि सलह भित्रिएको छ । सुर्खेतको लेकबेशी नगरपालिका-३ दशरथपुरमा रहेको कृषि अनुसन्धान केन्द्र (नार्क)कै बारीमा मंगलबार सलह देखिएको हो ।
कृषि अनुसन्धान केन्द्रको मकै बारीमा थोरै संख्यामा सलह भेटिएको नार्कका प्रमुख, बरिष्ठ वैज्ञानिक बन्दुराज बरालले जानकारी दिए ।
‘आज बिहान अनुसन्धान केन्द्रको मकै बारीमा सलह देखिएको छ । यो धेरै ठुलो समूहमा छैन । कतैबाट छुट्टएिर आएको सानो झुण्ड हो,’ उनले भने, ‘यो सानो संख्यामा भएकाले वरिपरिका किसानहरुलाई थाहा नभएको हुन सक्छ । यो संख्यामा रहेको सलहले बालीनालीमा त्यति असर पार्दैन ।’
थारै संख्यामा देखिए पनि कर्णालीमा सलहले प्रबेश गरिसकेको प्रमुख बरालको भनाइ छ । ‘कर्णालीमा सलहले प्रबेश गरिसकेको छ । यो ठुलो झुण्डबाट छुटिएर आएको सानो झुण्ड हो,’ उनले भने, ‘यसको नियन्त्रणका लागि अब तयारी थाल्ने बेला आएको छ ।’
सलह ठुलो संख्यामा आएमा थाली र ड्रम बजाएर सलह भगाउन सकिने भएपनि ठुलो संख्यामा आए विषादी पनि प्रयोग गर्नुपर्ने अवस्था आउन सक्ने उनले बताए । तर अहिले नै आत्तिनुपर्ने अवस्था भने नभएको उनको भनाइ छ ।
प्रतिक्रिया 4