+
+
Shares

उपचारको क्रममा मृत्यु भएका बर्दघाटका ४५ वर्षीय पुरुषको रिपोर्ट नेगेटिभ

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १६ गते १९:०४

१६ असार, काठमाडौं । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएका पश्चिम नवलपरासीको बर्दघाटका एक व्यक्तिको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

बर्दघाट नगरपालिका–२ स्थित दिब्यज्योति बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका करिब ४५ वर्षीय पुरुषको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको थियो ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीका अनुसार उनको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।

शनिबार राति करिब १२ः३० बजेको समयमा अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएका थियो ।

उनी असार १२ गते भारतको मुम्बईबाट आएर क्याम्पसको क्वारेन्टिनमा बसेका थिए । उनी पहिलेदेखि नै मुटु र प्रेसरका बिरामी थिए । उपचारको क्रममा उनको मृत्यु भएपछि कोरोना परीक्षणका लागि स्वाब संकलन गरी प्रयोगशालामा पठाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?