+
+
Shares

फेसबुकमा चर्चित ‘कथा सुनाउने मान्छे’

बसन्त रानाभाट बसन्त रानाभाट
२०७७ असार २५ गते १४:१६

बार्सिलोना । ‘हान्न नसकेको थप्पड’। म नेवार बस्तीमा हुर्केको मान्छे। कुलतमा फसेको मेरो आफ्नै साथीको घटनालाई कथाको रुपमा सुनाए। कुलतकै कारण अन्तत : उसले आफ्नो ज्यान गुमाउनु परेको त्यो यथार्थ घटना थियो। स्टोरी टेलर अर्थात् कथा सुनाउने मान्छेको रुपमा परिचित साईग्रेसले आफ्नो अनुभव सुनाए।

काठमाडौं स्थायी घर भएका साईग्रेस पोखरेल हाल स्पेनको बार्सिलोनामा बस्दै आएका छन्। उनी डेनमार्कमा उच्च शिक्षाको अध्ययनपछि ४ वर्षयता स्पेनमा बस्दै आएका छन्। डेनमार्क आउँने क्रममा उनले कतार ट्रान्जिटमा त्यहाँको गर्मी र त्यहाँ काम गर्ने नेपालीहरुको पीडालाई महसुश गरे। उनले खाडीको पीडालाई कथाको रुपमा प्रस्तुत गरे।

खाडीको कथालाई’ उनको फेसबुक पेजमा अहिलेसम्म १५ लाखले हेरेका छन् । झन्डै २ हजारले कमेन्ट गरेका छन् भने १५ हजार बढीले सेयर गरेका छन् । त्यसो त हान्न नसकेको थप्पड, सानीको रातो कुर्तीलगायतका कथाहरु पनि सामाजिक संजालमा निकै चर्चित बनेका छन्। आफैलाई खाना खेर फाल्दा परेको दु:खको वास्तविक कहानी ‘अन्नको श्राप‘ उनले प्रस्तुत गरेको अर्को चर्चित कथा हो।

फोटोग्राफी तथा मल्टिमिडियामा दख्खल राक्ने उनी एकाएक समाजिक संजालमा अहिले स्टोरी टेलरको रुपमा परिचित छन्। स्पेनमा लकडाउन जारी रहदा अप्रिल २ तारिख उनले पहिलो भिडियो 90s Kid फेसबुकमा राखेका थिए। त्यो चर्चित मात्र नभई भाइरल बनेपछि उनलाई धेरैले फलो गर्न थाले।

“मलाई थाहा थिएन मेरो कथा भुटान, सिक्किम, म्यानमारमा त्यहाँका नेपाली भाषीहरुले रुचाउनु हुनेछ भनेर, कहिल्यै कल्पना पनि गरेको थिइन्। सिकिम्मबाट फोन आयो। मेरो ७५ वर्षको आमा हुनुहुन्छ। उहाँले सुत्नेबेलामा त्यो केटाको आवाज लगाइदे भन्नुहुन्छ। त्यसपछि मलाई लाग्यो त्यो उमेर वर्गमा पनि प्रभाव पारेको रहेछ। मलाई झन् जिम्मेबार बनाएको छ,” उनले कथाहरुमा, विषयबस्तु, शब्द चयन अर्थपूर्ण हुनपर्नेमा अहिले झनै हेक्का राखेको बताउँछन्।

साईग्रेसले प्रस्तुत गर्ने कथाहरु छोटा तर सन्देशमुलुक हुन्छन्। प्रत्येक मानिसले आफ्नै कथा जस्तो महसुश गरेकाले पनि धेरैले आफ्ना कथाहरु मन पराएको उनको भनाइ छ। सन्देशमुलुक विषयबस्तु छनोट गर्दै ५-७ मिनेट लामो भिडियो रेकर्ड गर्दै कथा बाचन गर्ने गर्छन्। उनको फेसबुक पेजमा एक लाखबढी फलोअरहरु बटुलेका छन्। कथाहरुले मिलियन भ्युज पाएका छन्।

किन त्यति धेरै चर्चित बने ? उनी भन्छन्, “मेरो आध्यात्मिक अभ्यासले पनि के सिकायो भने, जे बोल्छौ त्यो पालन गरेको हुनुपर्छ। र जे पालन गरेको हुन्छौ त्यती मात्रै बोल्नु पर्दछ। सायद यही सिकाइ पद्वति अलिअलि अबलम्बन गर्ने प्रयासमा हो कि । मेरा भोगाइ र अनुभवहरु कथामा उतार्ने गर्छु। प्राय: हाम्रा भोगाइ र पीडाहरु एकै खालका हुन्छन्। त्यसैले सबैलाई आफ्नै कथा जस्तो लाग्दछ।”

“कुनै कथाको विषय दिमागमा आइहाल्यो भनेदेखि त्यो ठाउँमा आँफूलाई राख्छु। मेरो जीवनका घटना र पात्रहरुलाई मैले त्यसमा मिसाउने गर्छु। हरेक कथामा जीवनमा भएको एउटा न एउटा घटना मिसिएको छ। र पात्रहरु पनि आफ्नै साथीहरुको नाम छ”, उनले थपे।

एउटा कथाका लागि उनले एकदिनमा स्क्रिप्ट लेख्छन्। जव उनले कथा वाचन गर्छन्। ठ्याक्कै स्किष्ट नै हु-वहु वाचन गर्दैनन्। दिमाखमा स्क्रिप्ट हुन्छ र मनमा भएको भावनाको मिश्रणमा कथा तयार हुन्छ। २-३ घन्टामा भिडियो रेकर्ड र त्यति नै समयमा सम्पादन गरेर उनले कथालाई फेसबुकमा राख्छन्। अहिलेसम्म उनले ३० वटा भिडियो बनाएर अपलोड गरेका छन्। २ वटा कथा बाहेक अन्य सबैमा उनी आफैले स्किृष्टसमेत लेखेका हुन्।

विदेशमा कथा सुनाएर जीवन धान्ने आधार के त ? “कथा सुनाउने मेरो रहर हो। शोखको विषय पनि हो। विदेशको यात्रा सुरुमा एकदमै गाह्रो पनि थियो। तर आफ्नो इच्छा अनुसारको काम गर्न पाएकाले कमाइ कम भए पनि म यसैमा दत्तचित्त भएर लागेको छु। मिडिया सम्बन्धी काम भिडियो, फोटो, ग्राफिक्स, डिजाइन, विभिन्न इभेन्टदेखि कम्पनीहरुसँग सहकार्य गरेको छु। बाँकी समय कथामा नै फोकस गर्दछु,” उनले भने।

विदेशमा रहेका नेपालीहरुको कथाबारे पनि उनको आफ्नै धाराणा छ। “नेपाल छदा विदेश पुगेपछि आफ्ना समस्याहरु एकैछिनमा सुल्झिन्छ भन्ने धेरैको सोच हुन्छ। विदेशको रंगिन जीवनको मात्र कल्पना गरेका हुन्छौं। तर विदेशमा वास्तविकता फरक छ। त्यसैले पनि युवाहरु मनोवैज्ञानिक हिसाबले पनि कमजोर हुँदै जाने समस्या देखिन्छ। उनीहरुमा निराशापन पनि छ।

सबै युवाहरु निराश पनि छैनन्। लामो समयपछिको संघर्ष र धैर्यतापछि आफ्नो क्षेत्रमा सफलता पनि प्राप्त गरेका छन्। विभिन्न क्षेत्रमा दक्ष नेपाली युवाहरु पनि छन् । आँफूले सिकेको ज्ञान, सिप लिएर तत्काल नेपाल पुग्ने भने सोचेका हुँदैनन्। किनकि त्यो किसिमको वातावरण अहिलेसम्म देखिदैन। सफलता र असफलताले भरिएका दुवै कथाहरु परदेशमा छन्।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?