
२७ साउन, काठमाडौं । प्रहरीले साढे १४ किलो चाँदी र आधा किलो सुन बरामद प्रकरणमा पक्राउ गरेका एक व्यक्ति छुटेका छन् ।
सुनबारे थाहै नभएका व्यक्तिलाई पनि प्रहरीले संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धान गर्न म्याद थप गरेको थियो ।
शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले ट्याक्सी चालक भैरहवाका सन्दीप गुरुङलाई छाड्न निर्देशन दिएपछि उनलाई थुनामुक्त गरिएको हो ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले अनलाइनखबरसँग कुरा गर्दै गुरुङलाई छाडिएको बताए । उनले भने, ‘उहाँले अभियुक्तहरुलाई ट्याक्सीमा चढाउनु भएको बाहेक अन्य कुनै पनि मिलेमतो देखिएन, त्यसैले छाडेका छौं ।’
गुरुङलाई देवान पटेल, विजय पटेल र निलेश पटेलसँगै ७ दिन संगठित अपराधमा अनुसन्धानका लागि म्याद थपिएको थियो । तर, संलग्नता नदेखिएपछि छुटेका छन् भने अन्यविरुद्ध अनुसन्धानका लागि थुनामै राख्न जिल्ला अदालत, काठमाडौंले आदेश दिएको छ ।
थानकोटमा गुरुङ ट्याक्सी लिएर फर्किँदै गर्दा देवान, विजय र निलेश तीन जनाले उनलाई रोकेका थिए र मनकामनासम्म जाने भन्दै १५ सय रुपैयाँ भाडा उठाएका थिए । त्यतिञ्जेल उनले आफू भैरहवा जान लागेको बताएपछि ती तीन जनाले उनलाई थप ७ हजार रुपैयाँ दिने भन्दै लगिदिन आग्रह गरेका थिए ।
गुरुङका एक जना पारिवारिक सदस्यका अनुसार त्यसपछि उनले ‘खाली जानु भन्दा मान्छे लिएर जाँदा राम्रो हुने’ भन्दै उनीहरुलाई लगेका थिए । त्यसक्रममा पटेलहरुले आफूहरुलाई चलचित्र बनाउने व्यक्तिका रुपमा परिचित गराएको ट्याक्सीचालक गुरुङले प्रहरीसँग बताएका थिए ।
तर, पूर्वी नवलपरासीको दुम्कीवास क्षेत्रमा पुगेपछि उनको ट्याक्सी प्रहरीले नियन्त्रणमा थियो । त्यसपछि मात्र गुरुङले आफूले बोकेको व्यक्ति शंकास्पद रहेको थाहा पाएको थियो ।
प्रहरीले उनलाई मुग्लिनबाट छाड्छु भन्दै काठमाडौंसम्म ल्याएको थियो ।
यो पनि पढ्नुस्
सुनकाण्डमा ट्वीस्ट : फ्याकिएको होइन, जवानको हातमा दिइएको थियो सुन
सुन प्रकरणमा प्रहरीले नक्कली घटनास्थल बनाएको खुलासा
सुन भएको झोला फ्याँक्नेको गाडी लुकाउन युवतीको सहयोग ?
सुनकाण्डमा ‘डबल–क्रस’ : सुराकीको प्रहरी र तस्कर दुवैतिर साँठगाँठ
सुनकाण्ड : छानविन समितिले कारबाही सिफारिसविनै बुझायो प्रतिवेदन
सुनकाण्डमा मुछिएका दुई प्रहरीलाई पक्राउ पूर्जी, संगठित अपराधमा म्याद थप
सुन प्रकरण : चाँदीमा सुनको जलप लगाउने व्यक्ति पक्राउ
प्रतिक्रिया 4