
२९ साउन, काठमाडौं । प्रहरीले जाली नोट कारोबारी इल्ताफ हुसेन अन्सारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई पक्राउ गरेको हो ।
प्रहरी उच्च स्रोतले अन्सारी पक्राउ परेको पुष्टि गरेको छ ।
अन्सारी पछिल्लो १५ किलो सुनचाँदी प्रकरणमा मुछिएका छन् । प्रकरणमा प्रयोग भएको बा ६ च ५५११ नम्बरको स्कोर्पियो गाडी उनको हो ।
काठमाडौंको कमलपोखरीबाट अन्सारीको गाडीलाई प्रहरीले पछ्याएपछि सुन चाँदी भएको झोला फ्याँकेर स्कर्पियो भागेको थियो । त्यसयता महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसर, टेकुले उनको खोजीलाई तीब्र बनाएको थियो ।
को हुन् अन्सारी ?
बाराको प्रस्टोखा–२, हरपुरका अन्सारी प्रायः वीरगञ्जमा बस्ने गर्छन् । उनी आफूलाई पेम्ट्रोल पम्प सञ्चालकका रुपमा चिनाउँछन् ।
उनी २८ असार २०६८ सालमा बरामद भएको ५४ लाख ९५ हजार नक्कली भारतीय रुपैयाँको मुख्य कारोबारी थिए ।
घटनापछि फरार उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २०७२ जेठमा पक्राउ गरेको थियो । पछिल्लो पटक ७ करोड ६७ लाख ९४ हजार भारतीय नक्कली नोटसहित समातिएका युनुस अन्सारीसँग पनि उनको निकट सम्बन्ध छ ।
युनुसपछि नेपालमा नक्कली भारतीय नोट कारोबार गर्ने व्यक्ति उनी थिए । प्रारम्भमा युनुसकै समूहमा भए पनि पछिल्लो पटक उनले आफ्नै समूह सञ्चालन गरिरहेका थिए ।
अन्सारी पाकिस्तान र भारत दुवै मुलुकका लागि सूचना दिने व्यक्ति पनि हुन् । उनलाई प्रहरी अधिकृतहरु ‘डबल एजेन्ट’का रुपमा चिन्छन् ।
अन्सारीले हरेक अपराधमा फरक-फरक नाम बताएर संलग्न हुने गरेका छन् ।
यो पनि पढ्नुस्
सुनकाण्डमा ट्वीस्ट : फ्याकिएको होइन, जवानको हातमा दिइएको थियो सुन
सुन प्रकरणमा प्रहरीले नक्कली घटनास्थल बनाएको खुलासा
सुन भएको झोला फ्याँक्नेको गाडी लुकाउन युवतीको सहयोग ?
सुनकाण्डमा ‘डबल–क्रस’ : सुराकीको प्रहरी र तस्कर दुवैतिर साँठगाँठ
१५ किलो सुनचाँदी प्रकरण : निर्दोष देखिएपछि एकजना छुटे
सुनकाण्ड : छानविन समितिले कारबाही सिफारिसविनै बुझायो प्रतिवेदन
सुनकाण्डमा मुछिएका दुई प्रहरीलाई पक्राउ पूर्जी, संगठित अपराधमा म्याद थप
सुन प्रकरण : चाँदीमा सुनको जलप लगाउने व्यक्ति पक्राउ
प्रतिक्रिया 4