+
+
Shares

टेक अवे र होम डेलिभरी सेवा प्रदायक प्रहरी नियन्त्रणमा

नवीन ढुंगाना नवीन ढुंगाना
२०७७ भदौ ११ गते १८:०५

११ भदौ, काठमाडौं । निषेधाज्ञाको समयमा विभिन्न सामग्रीको टेक अवे तथा होम डेलिभरी सेवा दिनेलाई प्रहरीले पक्राउ गरेको छ ।

अनलाइन माध्यमबाट माग भएका खानेकुरा तथा अन्य वस्तु डेलिभरी गर्न हिँडेका व्यवसायीलाई प्रहरीले सडकमै नियन्त्रणमा लिई होल्डिङ जोनमा राखेको छ ।

राजधानीको मुख्य चोकहरुमा बनाइएका होल्डिङ जोनमा उनीहरुलाई राखिएको छ । यूजी केककी सञ्चालिका निकिता आचार्य, फूडमाण्डुका सञ्चालक मनोहर अधिकारी, एम एक्सप्रेसका सञ्चालक संगम सिंह, अनलाइन बिक्री केन्द्र किरानाका सागर भट्ट लगायतका टेक अवे र होम डेलिभरी गर्ने व्यवसायी प्रहरी नियन्त्रणमा रहेका छन् ।

विभिन्न कम्पनीको खाद्य वस्तु डेलिभरी गर्ने दर्जन हाराहारी डेलीभरीकर्तालाई पनि प्रहरीेले नियन्त्रणमा लिई होल्डिङ जोनमा राखेको छ ।

उनीहरुलाई केहीबेर राखेर घर पठाइने गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले उपत्यकामा जिल्ला प्रशासन कार्यालयहरुले जारी गरेको निषेधाज्ञाको आदेशमा टेक अवे र होम डेलिभरी सेवा पनि बन्द गर्ने उल्लेख भएकाले उक्त आदेश कार्यान्वयन गरेको प्रतिक्रिया दिए ।

लेखक
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?