
डेढ दशकदेखि कथा र कविता लेखनमा सक्रिय बिना थिङको दोस्रो कथासंग्रह ‘याम्बुनेर’ बुधबारदेखि बजारमा उपलब्ध भएको छ ।
१३ वटा कथा रहेको संग्रहमा राज्यतहबाट ऐतिहासिकरुपमै सीमान्तमा पारिएको समुदायको कथाले बाहुल्य पाएको छ । कथाको शीर्षकबारे थिङ भन्छिन्, ‘तामाङ भाषामा काठमाडौंलाई याम्बु भनिन्छ ।
यो याम्बुको किनारमा छ तामाङ समुदाय । उपत्यका बाहिरबाट हेर्दा यो पनि याम्बुकै अंगजस्तो लाग्छ तर यो समुदायले नेपाल राज्य निर्माणदेखि नै आफूलाई किनारामा पाएको छ । त्यो किनारीकृत भाव सम्प्रेषण होस् भनेर याम्बुनेर नाम राखेको हुँ ।’
निषेधाज्ञाकै बीच पनि पुस्तक बजारमा पुर्याइएको प्रकाशन संस्था फिनिक्स बुक्सले जनाएको छ । नयाँ वर्ष सुरु हुनासाथ सार्वजनिक हुने तयारीमा रहेको कथासंग्रह लकडाउनका कारण प्रकाशन रोकिएको फिनिक्सका गणेश सुवेदीले बताए ।
थिङको २०६९ सालमा ‘छुकी’ कथासंग्रह र ७२ सालमा ‘रातो घर’ कवितासंग्रह प्रकाशित छ । उनी विभिन्न राष्ट्रिय कथा प्रतियोगितामा प्रथम भइसकेकी छिन् ।
तस्वीर : कथाकारको फेसबुकबाट
प्रतिक्रिया 4