+
+
Shares

कोरोना परीक्षण शुल्क अब ४ हजार मात्र

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १५ गते १९:४०

१५ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को पीसीआर टेष्ट ४ हजार रुपैयाँमा हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको अधिकतम शुल्क ४४०० रुपैयाँ तोकेको हो ।

तर प्रयोगशाला वा आफ्नै ल्याब भएका अस्पतालहरुले ४ हजार रुपैयाँमा पीसीआर टेष्ट गर्नुपर्नेछ । आफ्नै ल्याब नभएका अस्पतालहरुले भने पीपीई लगायतको शुल्कका रुपमा थप ४०० रुपैयाँ लिन पाउनेछन् ।

यसअघि मन्त्रालयले पीसीआर टेष्टको शुल्क ५५०० रुपैयाँ थियो । तर कतिपय निजी अस्पतालले त्योभन्दा बढी रकम समेत लिने गरेको गुनासो समेत आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?